२६ जेष्ठ २०८२, आईतवार

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो

 

१२ वैशाख, काठमाडौं ।

बिहीबारदेखि लगातार सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दुईवटा भिडियो सार्वजनिक भए । दुवै भिडियो पुराना हुन् । बिहीबार बिहानैबाट सामाजिक सञ्जालमा छरपस्ट भएको सुन्धाराको पुल नजिकैको भिडियोमा देखिएका चार जना ट्राफिक प्रहरी कारबाहीमा परिसकेका छन् । शुक्रबार बिहानैबाट अर्का एक जना ट्राफिक प्रहरीले पनि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

उक्त भिडियो पनि एक वर्ष पुरानो रहेको पाइएको छ । ट्राफिक प्रहरी प्रभाग सोह्रखुट्टेमा रहेका सहायक हवल्दारबाट कुटेको उक्त भिडियो सार्वजनिक भएको पाइएको हो । ती ट्राफिक प्रहरी ०८० चैतमै त्यहाँबाट सरुवा भएर उपत्यका बाहिरको जिल्लामा गइसकेका छन् । किन कुटपिट भइरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले जानकारी दिए ।ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो घटनामा संलग्न ट्राफिक प्रहरीहरुमाथि छानबिन भइरहेका बेला अर्को घटना पनि सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?