काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी

८ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका नगरप्रहरी उपरीक्षक (एसपी) दिनेश अर्याल र उनी नेतृत्वको कमान्डमा खटिएका पाँच जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरीमा वडासदस्य हिरादेवी पोखरेललाई समेत विपक्षी बनाइएको छ ।सर्लाहीको रामनगर–१, स्थायी घर भएर काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका होसनारायण रायले आइतबार उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् ।

यही वैशाख ४ गते नगरप्रहरीले वडा नम्बर ३२, च्यासलस्थित कबाड संकलन केन्द्रमा डोजर चलाएको थियो । सो क्रममा महानगरको डोजर तोडफोड पनि भएको थियो । एसपी अर्यालसहित उनी नेतृत्वको कमान्ड र स्थानीय वडासदस्य पोखरेलले ज्यान मार्ने नियतले डोजर चलाएको रायको आरोप छ । नगरप्रहरीको कुटपिटबाट टाउकोमा चोट लागेपछि प्रहरीले उनलाई बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पुर्याएको थियो ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment