पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
८ वैशाख, काठमाडौं ।
पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका-२ पाण्डेपुरस्थित सडकमा ग५प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा जिराभवानी गाउँपालिका-२ का ३० वर्षीय बिहारी रामको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि एलएस न्यूरो अस्पताल बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन् । उनको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment