१६ असार २०८२, सोमबार

पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो

 

६ वैशाख, काठमाडौं ।

पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित फोक्सिहर खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही वडास्थित पिपरतुङ बस्ने ६५ वर्षीय कृष्ण बहादुर चिदी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार बेलटारीस्थित पूजामा जान्छु भनेर हिँडेका कृष्णबहादुर घरबाट करि ३ सय मिटर पश्चिमतर्फ रहेको भिरबाट तल खोलामा मृत अवस्थामा फेला परेका हुन् । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment