नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न

सारांश

  • सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित ऐतिहासिक नाढीमन तालमा नयाँ वर्ष २०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान तथा पर्यटन प्रवर्द्धन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
  • ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ भन्ने प्रेरणादायी नारासहित नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा तथा चन्द्रनगर गाउँपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
  • कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले अध्यक्षता गरेका थिए भने गाउँपालिका अध्यक्ष राजकुमार महतो प्रमुख अतिथिका रूपमा सहभागी थिए।

२ वैशाख, सर्लाही ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित ऐतिहासिक नाढीमन तालमा नयाँ वर्ष २०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान तथा पर्यटन प्रवर्द्धन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ भन्ने प्रेरणादायी नारासहित नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा तथा चन्द्रनगर गाउँपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले अध्यक्षता गरेका थिए भने गाउँपालिका अध्यक्ष राजकुमार महतो प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा भैरवीदल गण पाँचकुमारीका गणपति सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, मानव अधिकारकर्मी रजनीकान्त झा, नेपाली कांग्रेसका युवा नेता बलिराम झा, चन्द्रनगरका विभिन्न वडाका अध्यक्षहरू तथा जिल्लाभरका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले नाढीमन तालको ऐतिहासिक र सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै, तालको वर्तमान दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरे।

स्थानीय तहका जनप्रतिनिधिबीचको आपसी समन्वय अभाव तथा दीर्घकालीन योजनाको कमीले ताल ओझेलमा परेको भन्दै उनीहरूले गम्भीर चिन्ता जनाए। पर्यटक आगमन अत्यन्त न्यून भएको उल्लेख गर्दै वक्ताहरूले तालको संरक्षण तथा प्रवर्द्धनका लागि सम्पूर्ण सरोकारवालाहरू एकजुट हुनुपर्ने धारणा राखे। कार्यक्रमले नाढीमन तालको पर्यटकीय सम्भावनालाई उजागर गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रणनीति र पहलबारे बहस सुरु गराएको छ। सहभागीहरूले तालको संरक्षणका लागि जनप्रतिनिधिहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज र स्थानीय समुदायबीच सशक्त सहकार्य आवश्यक रहेको निष्कर्ष निकाले। नयाँ वर्षको शुरुवातसँगै आयोजना गरिएको यस कार्यक्रमले नाढीमन तालको उज्ज्वल भविष्य निर्माणको संकल्पलाई सशक्त बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
कोरिया पठाउने भन्दै ३ लाख ठग्ने एक व्यक्ति पक्राउ
कोरिया पठाउने भन्दै ३ लाख ठग्ने एक व्यक्ति पक्राउ
इरानले भन्यो – हामीलाई संयमता अपनाऊ भन्नुको अर्थ छैन
इरानले भन्यो – हामीलाई संयमता अपनाऊ भन्नुको अर्थ छैन
अर्थमन्त्रालयमा याे साता के-के काम भयाे ।
अर्थमन्त्रालयमा याे साता के-के काम भयाे ।
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो अर्को अध्यादेश
सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो अर्को अध्यादेश
कोशी सरकारद्वारा ताप्लेजुङका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत
कोशी सरकारद्वारा ताप्लेजुङका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत
साढु दाइको घरमा पाहुना गएका चौधरी मृत फेला
साढु दाइको घरमा पाहुना गएका चौधरी मृत फेला
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने