नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
४१ पटक हेरिएको
Shares
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न

सारांश

  • सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित ऐतिहासिक नाढीमन तालमा नयाँ वर्ष २०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान तथा पर्यटन प्रवर्द्धन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
  • ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ भन्ने प्रेरणादायी नारासहित नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा तथा चन्द्रनगर गाउँपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
  • कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले अध्यक्षता गरेका थिए भने गाउँपालिका अध्यक्ष राजकुमार महतो प्रमुख अतिथिका रूपमा सहभागी थिए।

२ वैशाख, सर्लाही ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित ऐतिहासिक नाढीमन तालमा नयाँ वर्ष २०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान तथा पर्यटन प्रवर्द्धन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ भन्ने प्रेरणादायी नारासहित नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा तथा चन्द्रनगर गाउँपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले अध्यक्षता गरेका थिए भने गाउँपालिका अध्यक्ष राजकुमार महतो प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा भैरवीदल गण पाँचकुमारीका गणपति सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, मानव अधिकारकर्मी रजनीकान्त झा, नेपाली कांग्रेसका युवा नेता बलिराम झा, चन्द्रनगरका विभिन्न वडाका अध्यक्षहरू तथा जिल्लाभरका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले नाढीमन तालको ऐतिहासिक र सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै, तालको वर्तमान दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरे।

स्थानीय तहका जनप्रतिनिधिबीचको आपसी समन्वय अभाव तथा दीर्घकालीन योजनाको कमीले ताल ओझेलमा परेको भन्दै उनीहरूले गम्भीर चिन्ता जनाए। पर्यटक आगमन अत्यन्त न्यून भएको उल्लेख गर्दै वक्ताहरूले तालको संरक्षण तथा प्रवर्द्धनका लागि सम्पूर्ण सरोकारवालाहरू एकजुट हुनुपर्ने धारणा राखे। कार्यक्रमले नाढीमन तालको पर्यटकीय सम्भावनालाई उजागर गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रणनीति र पहलबारे बहस सुरु गराएको छ। सहभागीहरूले तालको संरक्षणका लागि जनप्रतिनिधिहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज र स्थानीय समुदायबीच सशक्त सहकार्य आवश्यक रहेको निष्कर्ष निकाले। नयाँ वर्षको शुरुवातसँगै आयोजना गरिएको यस कार्यक्रमले नाढीमन तालको उज्ज्वल भविष्य निर्माणको संकल्पलाई सशक्त बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयोः मन्त्री गुरुङ
प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयोः मन्त्री गुरुङ
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो
स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो
खैरो हेरोइनसहित २ जना पक्राउ
खैरो हेरोइनसहित २ जना पक्राउ
मधेस सरकार गठनविरूद्ध आज पनि सांसदहरू धर्नामा
मधेस सरकार गठनविरूद्ध आज पनि सांसदहरू धर्नामा
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने
सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने
द सहारा लोन सेविङ्स को–अपरेटिभको २९औं वार्षिक साधारण सभा सम्पन्न
द सहारा लोन सेविङ्स को–अपरेटिभको २९औं वार्षिक साधारण सभा सम्पन्न
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...