१३ चैत्र २०८२, शुक्रबार

टिपरको ठक्करबाट किशोरको मृत्यु, एक जना घाइते

 

३० चैत, काठमाडौं । 

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ फुस्रेखोलामा आज शनिबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  मृत्यु हुनेमा व्यास नगरपालिका–६ का १८ वर्षीय मनिष आले मगर रहेको जिल्ला प्रहरीले जनाएको छ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ५८७५ नम्बरको टिपर र विपरीत दिशाबाट जाँदै गरेको ग २५ प ५५२२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए। दुर्घटनामा घाइते भएका स्कुटर चालक मनिष र पछाडि सवार १५ वर्षीया अनिशा आले मगरलाई प्रदेश अस्पताल दमौली पठाइएकोमा मनिषलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। घाइते अनिशालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ।

 

Post Comment

छुटाउनुभयो कि ?