चट्याङ, हावाहुरी र वर्षाका कारण भारतमा ६० जनाको मृत्यु
काठमाडौँ, २९ चैतः
चट्याङ, हावाहुरी र वर्षाका कारण भारतका बिहारमा ३८ र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको छ। बिहारको आधिकारिक तथ्यांकअनुसार बिहीबार नालन्दामा १८, सिवानमा २, कटिहारमा १, दरभंगामा १, बेगुसरायमा १, भागलपुरमा १ र जेहानाबादमा १ जनाको मृत्यु भएको हो। यसअघि बुधबार पनि बेगुसरायमा ५, दरभंगामा ४, मधुवनीमा ३ र समस्तीपुरमा १ जनाको मृत्यु भएको थियो। बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन्।
यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमा मृतकका परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।अप्रिल १० (बिहीबार) उत्तर प्रदेशको राहत कमिश्नरको कार्यालयले जारी गरेको तथ्यांकअनुसार, कूल २२ मानिस र ४५ जनावर मरेका छन् भने ५ घरमा क्षति पुगेको छ। चट्याङका कारण फतेहपुर, आजमगढ, फिरोजाबाद, कानपुर देहात, सीतापुर, गाजीपुर, गोंडा, अमेठी, सन्त कवीर नगर र सिद्धार्थ नगर जिल्लामा जनधनको क्षति भएको छ। आँधीले बलिया, कन्नौज, बाराबंकी, जौनपुर र उन्नाव जिल्लामा पनि ज्यान गएको छ। यसैबीच बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन वर्षा र हावाहुरी जारी रहने भारतीय मौसम विभागले जनाएको छ।
Post Comment