८ श्रावण २०८२, बुधबार

कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

 

२६ चैत, कैलाली —

कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय सुरेश विष्ट, भीमदत्त नगरपालिका–१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका–८ बस्ने १९ वर्षीय रिजन कठायत र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १८ वर्षिया आशिका सिजापति रहेका छन् ।

उनीहरूलाई धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको एनएस होटेलमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । वडा न.–४ शिवपुरी टोलमा खटिएको अस्थायी प्रहरी पोस्टले पनि सोही ठाउँ बस्ने रेश्मी कार्की (२९), किरण मगर (२४) र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का सुजन खड्का (१९) लाई पक्राउ गरेको हो । रेश्मी कार्कीको साथबाट ५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो फेला परेको प्रहरीले जनाएको छ ।

उता, भजनी नगरपालिका–८ जनकपुरमा प्रहरी चौकी भजनीबाट खटिएको टोलीले सोही ठाउँ बस्ने अमित चौधरी (२२) को साथबाट ६० मिलिग्राम, उनको घरबाट थप ३० मिलिग्राम र उनीसँगै रहेका १८ वर्षका किशोरको साथबाट २८० मिलिग्राम लागुऔषध बरामद गरेको छ । सम्बन्धित सबै घटनामा पक्राउ परेका व्यक्तिहरू विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?