कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

सारांश

  • खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय सुरेश विष्ट, भीमदत्त नगरपालिका–१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका–८ बस्ने १९ वर्षीय रिजन कठायत र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १८ वर्षिया आशिका सिजापति रहेका छन् ।
  • उनीहरूलाई धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको एनएस होटेलमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

२६ चैत, कैलाली —

कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय सुरेश विष्ट, भीमदत्त नगरपालिका–१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका–८ बस्ने १९ वर्षीय रिजन कठायत र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १८ वर्षिया आशिका सिजापति रहेका छन् ।

उनीहरूलाई धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको एनएस होटेलमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । वडा न.–४ शिवपुरी टोलमा खटिएको अस्थायी प्रहरी पोस्टले पनि सोही ठाउँ बस्ने रेश्मी कार्की (२९), किरण मगर (२४) र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का सुजन खड्का (१९) लाई पक्राउ गरेको हो । रेश्मी कार्कीको साथबाट ५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो फेला परेको प्रहरीले जनाएको छ ।

उता, भजनी नगरपालिका–८ जनकपुरमा प्रहरी चौकी भजनीबाट खटिएको टोलीले सोही ठाउँ बस्ने अमित चौधरी (२२) को साथबाट ६० मिलिग्राम, उनको घरबाट थप ३० मिलिग्राम र उनीसँगै रहेका १८ वर्षका किशोरको साथबाट २८० मिलिग्राम लागुऔषध बरामद गरेको छ । सम्बन्धित सबै घटनामा पक्राउ परेका व्यक्तिहरू विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।
विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक  पक्राउ
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक पक्राउ
उच्च अदालत बुटवलमा रवि र छविको मुद्दा, बहस सकियो आदेश आउन बाँकी
उच्च अदालत बुटवलमा रवि र छविको मुद्दा, बहस सकियो आदेश आउन बाँकी
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर
महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर