प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्याली
२५ चैत, सुर्खेत– प्रतिगमनका विरुद्ध नेकपा एकीकृत समाजवादी सुर्खेतले विरोध सभा गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको नेता चोकमा विरोधसभा गरेको हो । सभामा सम्बोधन एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले सभामा सम्बोधन गरेका थिए ।
उनले केन्द्रीय अध्यक्षको घरमा राजावादीले गरेको ढुंगामुढा नालायकीपना र अराजकताको पराकाष्ठा भएको बताए । उनले जनताको बलिदानबाट स्थापित व्यवस्थामाथि धावा नबोल्न राजावादीलाई चेतावनी दिए । ‘यो जनताको बलमा स्थापना भएको व्यवस्था हो,’ उनले भने,‘यो व्यवस्था बदल्छु भन्ने राजावादीहरूले अहिले चाहेर पनि बदल्न सक्दैनन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment