२६ जेष्ठ २०८२, आईतवार

नेपाल आउँदै ब्राजिलियन विश्वविजेता कार्लोस

 

२४ चैत,  काठमाडौं ।

ब्राजिलियन विश्वविजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। जारी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा सहभागी हुन उनी नेपाल भ्रमणमा आउने भएका हुन् । शनिबार भएको ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेलका दौरान कार्लोस नेपाल आउने एनएसएलका आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेज्मेन्टले जानकारी दिएको हो । उनी वैशाख पहिलो साता नेपाल आउनेछन्।

लेफ्टब्याकका रुपमा विश्वमै कहलिएका कार्लोस सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा प्रमुख खेलाडी थिए । त्यसअघि सन् १९९८ को विश्वकपको फाइनल खेल्दा पनि उनी टोलीका लागि महत्वपूर्ण खेलाडी थिए। उनले प्रहार गरेको फ्रिकिक बलले घुमाउरो रूप लिँदै विपक्षी टिमको पोष्टको जाली चुमेको दृश्य फुटबलप्रेमीहरूले बिर्सन सक्दैनन्। ब्राजिलबाट उनले तीन विश्वकप खेल्दै १२५ क्याप जितेका छन् भने १० गोल पनि गरेका छन् । आफ्नो व्यावसायिक करिअरको अधिकांश समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका उनले ३७२ खेलमा ४८ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?