रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन्: हरि ढकाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन्: हरि ढकाल

सारांश

  • राज्यले लखेट्नै नहुने मान्छेलाई लखेटिरहेको उनको भनाइ छ ।
  •   पार्टीको शनिबारदेखि सुरु भएको जनयात्रा कार्यक्रमलाई चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले लामिछानेलाई न्यायालयको सम्मान गर्छु भन्दाभन्दै गुण्डागर्दी शैलीमा प्रहरीले बेबडरुमसम्मै गएर पक्राउ गरेको बताए ।
  • शनिबार गृहमन्त्रीको आदेश हतारमा प्रहरी परिचालन गरिएको र लामिछानेलाई  अन्तिम इच्छा के छ भनेर सोधिएको ढकालले बताए ।

२३, चैत, काठमाडौं-

रास्वपाका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेलाई राज्यले पटक पटक लखेटिरहेको बताएका छन् । राज्यले लखेट्नै नहुने मान्छेलाई लखेटिरहेको उनको भनाइ छ ।  पार्टीको शनिबारदेखि सुरु भएको जनयात्रा कार्यक्रमलाई चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले लामिछानेलाई न्यायालयको सम्मान गर्छु भन्दाभन्दै गुण्डागर्दी शैलीमा प्रहरीले बेबडरुमसम्मै गएर पक्राउ गरेको बताए ।

शनिबार गृहमन्त्रीको आदेश हतारमा प्रहरी परिचालन गरिएको र लामिछानेलाई  अन्तिम इच्छा के छ भनेर सोधिएको ढकालले बताए ।  उनले लामिछानेमा किसानको मुहारमा हाँसो ल्याउने, रोजगारी सिर्जना गर्ने, विधिको शासन स्थापना गर्ने, भ्रष्टलाई पाता कस्ने अन्तिम इच्छा रहेको भन्दै अहिले सरकारमा रहेका भ्रष्टहरू एक जना व्यक्तिको पछि दौडिरहेको आरोप लगाए । उनले रविको मुटुमा रगत नभई तेजाब रहेको भन्दै त्यो तेजाबले भ्रष्टहरूलाई जलाउने चेतावनी दिए । चितवनले ०७९ मा परिवर्तनको दियो बालिसकेको उल्लेख गर्दै ढकालले डढेलो पनि सुरु भइसकेकाले ०८४ मा त्यो डढेलोमा भ्रष्टहरू खरानी बनाउने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
ललितपुरको पुलचोकमा सडक भासियो
ललितपुरको पुलचोकमा सडक भासियो
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?
दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु
दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
यी प्रदेशमा चट्याङसहित बर्षाको सम्भावना
यी प्रदेशमा चट्याङसहित बर्षाको सम्भावना