Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
६२ पटक हेरिएको
Shares
रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने

सारांश

  • शुक्रवार राति पक्राउ परेका लामिछानेलाई विमानमार्फत शनिवार बिहान भैरहवा ल्याइएको हो ।
  • जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यती एयरलाइन्सको विमानबाट उनलाई भैरहवा ल्याइएको हो ।
  • भैरहवा विमानस्थलमा अवतरण गरेसँगै लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

 

उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि काठमाडौँमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । शुक्रवार राति पक्राउ परेका लामिछानेलाई विमानमार्फत शनिवार बिहान भैरहवा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यती एयरलाइन्सको विमानबाट उनलाई भैरहवा ल्याइएको हो ।

भैरहवा विमानस्थलमा अवतरण गरेसँगै लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रवार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बुढानीलकण्ठस्थित निवासबाटै उहाँलाई नियन्त्रणमा लिएको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उहाँलाई एक करोड धरौटी माग गरेको थियो । जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो । लामिछानेलाई रुपन्देही प्रहरीको हिरासतमा उहाँलाई राखिनेछ । शनिवार र आइतबार जिल्ला प्रहरीमा राखिने र सोमबार कार्यालय खुलेपछि प्रक्रिया पुर्याएर मात्रै कारागार पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?