रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
४२ पटक हेरिएको
Shares
रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने

सारांश

  • शुक्रवार राति पक्राउ परेका लामिछानेलाई विमानमार्फत शनिवार बिहान भैरहवा ल्याइएको हो ।
  • जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यती एयरलाइन्सको विमानबाट उनलाई भैरहवा ल्याइएको हो ।
  • भैरहवा विमानस्थलमा अवतरण गरेसँगै लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि काठमाडौँमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । शुक्रवार राति पक्राउ परेका लामिछानेलाई विमानमार्फत शनिवार बिहान भैरहवा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यती एयरलाइन्सको विमानबाट उनलाई भैरहवा ल्याइएको हो ।

भैरहवा विमानस्थलमा अवतरण गरेसँगै लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रवार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बुढानीलकण्ठस्थित निवासबाटै उहाँलाई नियन्त्रणमा लिएको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उहाँलाई एक करोड धरौटी माग गरेको थियो । जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो । लामिछानेलाई रुपन्देही प्रहरीको हिरासतमा उहाँलाई राखिनेछ । शनिवार र आइतबार जिल्ला प्रहरीमा राखिने र सोमबार कार्यालय खुलेपछि प्रक्रिया पुर्याएर मात्रै कारागार पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण
कुलमानसँग भारतीय राजदूतले गरे भेटवार्ता, के भयो कुराकानी ?
कुलमानसँग भारतीय राजदूतले गरे भेटवार्ता, के भयो कुराकानी ?
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ
बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
मधेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने
मधेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने