Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बोहराको निधनमा राप्रपाले तीन दिन शोक मनाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
८३ पटक हेरिएको
Shares
बोहराको निधनमा राप्रपाले तीन दिन शोक मनाउने

सारांश

  •    राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता दीपक बोहराको निधनले नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएको छ।
  • मंगलबार बोहोराको निधनपछि पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले दु:ख व्यक्त गर्दै यस्तो बताएको हो।
  •   राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शोक बक्तव्य जारी गर्दै सांसदसमेत रहेका बोहराको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएका हुन्।

 

१९ चैत,काठमाडौं ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता दीपक बोहराको निधनले नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएको छ। मंगलबार बोहोराको निधनपछि पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले दु:ख व्यक्त गर्दै यस्तो बताएको हो।  राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शोक बक्तव्य जारी गर्दै सांसदसमेत रहेका बोहराको निधनले पार्टीलाई अपुरणीय क्षति भएको

बताएका हुन्।  ‘बैठकले वरिष्ठ नेता बोहोराको निधनप्रति गहिरो दु:ख व्यक्त गर्द भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको छ,’ श्रेष्ठले जारी गरेको शोक बक्तव्यमा उल्लेख छ, ‘राप्रपा निर्माणमा उहाँको योगदान सदैव स्मरण गरिनेछ। राप्रपा शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ।’

 

त्यस्तै बोहोराको निधनमा तीन दिन शोक मनाउने, तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटिगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय बैठकले गरेको श्रेष्ठको भनाइ छ।  बोहोराको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने उनले बताए। बुधबार नै अन्तिम संस्कार गरिने पनि उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
बाजुराको बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु
बाजुराको बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु
बलात्कारको अभियोगमा दुई जना पक्राउ
बलात्कारको अभियोगमा दुई जना पक्राउ
उपसभामुख निर्वाचनमा एमाले तटस्थ बस्ने
उपसभामुख निर्वाचनमा एमाले तटस्थ बस्ने
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
सुशासन कायम गर्न मधेस प्रदेशमा ‘हेल्लो सिएम’ कार्यक्रम घोषणा
सुशासन कायम गर्न मधेस प्रदेशमा ‘हेल्लो सिएम’ कार्यक्रम घोषणा