Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
४५ पटक हेरिएको
Shares
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
  • जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न भएको एसिया–प्रशान्त दूरसञ्चार (एटीपी) २०२५ मन्त्रिस्तरीय बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरुङले डिएनफको सफल कार्यान्वयनका लागि सूचना प्रविधिको पारिस्थितिक प्रणाली र अनुकूल वातावरणको तत्परता आवश्यक रहेको बताउनुभएको छ ।
  • नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले डिजिटल अर्थतन्त्र वृद्धिसँगै सुरक्षित, समावेशी र अवसरयुक्त डिजिटल युग निर्माण गर्न खोजिएको भनाइ राख्नुभयो ।

१७ जेठ, टोकियो  ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न भएको एसिया–प्रशान्त दूरसञ्चार (एटीपी) २०२५ मन्त्रिस्तरीय बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरुङले डिएनफको सफल कार्यान्वयनका लागि सूचना प्रविधिको पारिस्थितिक प्रणाली र अनुकूल वातावरणको तत्परता आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले डिजिटल अर्थतन्त्र वृद्धिसँगै सुरक्षित, समावेशी र अवसरयुक्त डिजिटल युग निर्माण गर्न खोजिएको भनाइ राख्नुभयो । साथै, सुरक्षित र विश्वसनीय डिजिटल वातावरणको आजको आवश्यकता रहेकोमा जोड दिँदै नेपालमा डिएनएफले डिजिटल रूपान्तरणको लागि सुरक्षा र विश्वासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । नागरिकलाई सशक्त बनाउन, साइबर सुरक्षा मुद्रा निर्माण गर्न, डिजिटल पूर्वाधारमा लगानी गर्नका लागि सरकार लागेको उहाँको भनाइ थियो ।

साथै डाटा सुरक्षित गर्नुका साथै नवप्रवर्तनलाई तीव्रता दिने विषयमा पनि नेपालको प्रमुख चासो रहेको बताउनुभयो । त्यस्तै नेपाल एपिटीसँग गहिरो साझेदारीका रुपमा संलग्न भई, ज्ञान बाँड्ने प्रतिबद्धतासमेत मन्त्री गुरुङले राख्नुभयो । नेपालले प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र नीतिगत संलग्नतामा एपिटीले प्रदान गरेको सहयोगलाई गहिरो रूपमा महत्व दिने मन्त्री गुरुङको भनाइ थियो । नेपाल डिजिटल छलाङको चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा उद्योग स्थापना गर्न, रोजगारी सिर्जना गर्न, कुल ग्राहस्थ्य उत्पादन बढाउन, नवीन र समावेशी अर्थतन्त्र सिर्जना गर्न दृढ सङ्कल्पका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन
रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने
वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
हवाई टिकटमा लगाइएको कर हटाउन माग
हवाई टिकटमा लगाइएको कर हटाउन माग
चार्ली कर्कको ह*त्या प्रकरणमा २२ वर्षीय युवक पक्राउ
चार्ली कर्कको ह*त्या प्रकरणमा २२ वर्षीय युवक पक्राउ