सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
  • जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न भएको एसिया–प्रशान्त दूरसञ्चार (एटीपी) २०२५ मन्त्रिस्तरीय बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरुङले डिएनफको सफल कार्यान्वयनका लागि सूचना प्रविधिको पारिस्थितिक प्रणाली र अनुकूल वातावरणको तत्परता आवश्यक रहेको बताउनुभएको छ ।
  • नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले डिजिटल अर्थतन्त्र वृद्धिसँगै सुरक्षित, समावेशी र अवसरयुक्त डिजिटल युग निर्माण गर्न खोजिएको भनाइ राख्नुभयो ।

१७ जेठ, टोकियो  ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न भएको एसिया–प्रशान्त दूरसञ्चार (एटीपी) २०२५ मन्त्रिस्तरीय बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरुङले डिएनफको सफल कार्यान्वयनका लागि सूचना प्रविधिको पारिस्थितिक प्रणाली र अनुकूल वातावरणको तत्परता आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले डिजिटल अर्थतन्त्र वृद्धिसँगै सुरक्षित, समावेशी र अवसरयुक्त डिजिटल युग निर्माण गर्न खोजिएको भनाइ राख्नुभयो । साथै, सुरक्षित र विश्वसनीय डिजिटल वातावरणको आजको आवश्यकता रहेकोमा जोड दिँदै नेपालमा डिएनएफले डिजिटल रूपान्तरणको लागि सुरक्षा र विश्वासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । नागरिकलाई सशक्त बनाउन, साइबर सुरक्षा मुद्रा निर्माण गर्न, डिजिटल पूर्वाधारमा लगानी गर्नका लागि सरकार लागेको उहाँको भनाइ थियो ।

साथै डाटा सुरक्षित गर्नुका साथै नवप्रवर्तनलाई तीव्रता दिने विषयमा पनि नेपालको प्रमुख चासो रहेको बताउनुभयो । त्यस्तै नेपाल एपिटीसँग गहिरो साझेदारीका रुपमा संलग्न भई, ज्ञान बाँड्ने प्रतिबद्धतासमेत मन्त्री गुरुङले राख्नुभयो । नेपालले प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र नीतिगत संलग्नतामा एपिटीले प्रदान गरेको सहयोगलाई गहिरो रूपमा महत्व दिने मन्त्री गुरुङको भनाइ थियो । नेपाल डिजिटल छलाङको चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा उद्योग स्थापना गर्न, रोजगारी सिर्जना गर्न, कुल ग्राहस्थ्य उत्पादन बढाउन, नवीन र समावेशी अर्थतन्त्र सिर्जना गर्न दृढ सङ्कल्पका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै
पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
आज प्रतिनिधिसभाको  बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा
जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै