तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
१९ चैत, काठमाडौं ।
काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा ज्यान गुमाएका कीर्तिपुर-४का सबिन महर्जनको शव परिवारलाई बुझाइएको छ। उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम सकेर परिवारलाई बुझाइएको हो।
उनकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कीर्तिपुर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले जानकारी दिए। चैत १५ गते राजावादीको हिंस्रक प्रदर्शनमा प्रहरीको गोली लागेर उनको ज्यान गएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment