धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द

सारांश

  • धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका ११ वटा निजी विद्यालयहरू बन्द गराइएको छ ।
  • गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक सूचना जारी गर्दै पालिका भित्र सञ्चालित दर्ता बिनाको ११ वटा निजी विद्यालय बन्द गराइएको जानकारी दिएका छन् ।
  • बन्द गराइएका विद्यालयहरुमा न्यू स्काई ईङ्गलिस स्कुल, तराई ईङ्गलिस बोर्डिङ स्कुल, चाईल्ड डेभेलपमेन्ट एण्ड लर्निङ सेन्टर, गंगालाल शिशु पाठशाला, आर्दश विद्या ईङ्गलिस स्कुल, गोल्डेन भ्याली एजुकेशनल एकेडमी, सेन्ट जेभियर ईङ्लिस बोर्डिङ स्कुल, उज्वल विद्या ईङ्लिस एकेडमी, जिनियस ईङ्लिस बोर्डिङ स्कुल, आराध्या पब्लिक स्कुल, आरोही इन्टरनेशनल एकेडमी रहेका छन् ।

१९ चैत, जनकपुर ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका ११ वटा निजी विद्यालयहरू बन्द गराइएको छ ।गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक सूचना जारी गर्दै पालिका भित्र सञ्चालित दर्ता बिनाको ११ वटा निजी विद्यालय बन्द गराइएको जानकारी दिएका छन् ।

बन्द गराइएका विद्यालयहरुमा न्यू स्काई ईङ्गलिस स्कुल, तराई ईङ्गलिस बोर्डिङ स्कुल, चाईल्ड डेभेलपमेन्ट एण्ड लर्निङ सेन्टर, गंगालाल शिशु पाठशाला, आर्दश विद्या ईङ्गलिस स्कुल, गोल्डेन भ्याली एजुकेशनल एकेडमी, सेन्ट जेभियर ईङ्लिस बोर्डिङ स्कुल, उज्वल विद्या ईङ्लिस एकेडमी, जिनियस ईङ्लिस बोर्डिङ स्कुल, आराध्या पब्लिक स्कुल, आरोही इन्टरनेशनल एकेडमी रहेका छन् । अनुमति बिना सञ्चालनमा रहेका निजी तथा संस्थागत विद्यालयहरूलाई पटक–पटक बन्द गर्न आग्रह गरिए पनि उक्त विद्यालयहरूले पालिकाको निर्देशनको अटेर गरे पछि कार्यपालिका समितिको निर्णयअनुसार ती विद्यालयहरूमा तालाबन्दी गरिएको सूचनामा उल्लेख रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिकाभित्र आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापनको अधिकार स्थानीय तहलाई हुने व्यवस्था छ । यसैअनुरूप स्थानीय तहले शिक्षाको गुणस्तर सुधार गर्न यो प्रयास गरिएको अध्यक्ष यादवले जनाएका छन् । बन्द गरिएका विद्यालयहरुमा आफ्ना बालबालिकालाई भर्ना नगर्न पालिकाले अभिभावकहरुसंग आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
बोल बम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको घुइँचो
बोल बम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको घुइँचो
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृ*त्यु
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृ*त्यु
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची