जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
३८ पटक हेरिएको
Shares
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी संरचनामा व्यापक परिवर्तन गर्ने भएका छन् ।
  • पार्टी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा सभापति लामिछानेले सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहेको बताए ।
  • त्यसका लागि तयार रहन समेत पार्टी नेताहरूलाई रविले आग्रह गरेका छन् ।

१८ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी संरचनामा व्यापक परिवर्तन गर्ने भएका छन् । पार्टी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा सभापति लामिछानेले सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहेको बताए । त्यसका लागि तयार रहन समेत पार्टी नेताहरूलाई रविले आग्रह गरेका छन् ।

‘सबैको लागि म सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु,’ लामिछानेले पार्टी बैठकमा भनेका छन्, ‘यसको लागि सबैलाई तयार रहन भन्न चाहन्छु ।’ साथै, उनले अरु दलमा अवसर नपाएर मात्रै रास्वपामा आउने यो पार्टी नभएको बताउँदै लामिछानेले देश बनाउने अभियान भएको बताए । ‘यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ। तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ,’ उनले भनेका छन् ।

लामिछानेले पूर्व निर्धारित समयमा नै महाधिवशेन गर्ने गरी तयारी गर्न निर्देशन समेत दिएका छन् । रास्वपाले आगामी बैशाखको तेस्रो साता पहिलो महाधिवेशन गर्ने गरी समय तोकेको थियो । पार्टी बैठकमा लामिछानेले भने, ‘मैले के गर्नुपर्छ भन्नुस्। १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)
बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार
आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै मधेश सरकार
अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै मधेश सरकार
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्
कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्
मातृभाषा पत्रकारिताले राज्य र नागरिकबीचको दूरी मेटाउँछ : कानुनमन्त्री
मातृभाषा पत्रकारिताले राज्य र नागरिकबीचको दूरी मेटाउँछ : कानुनमन्त्री