रास्वपाले बहिष्कार गर्यो प्रधानमन्त्रीले बोलाएको बैठक
१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नजाने भएको छ ।
सुन तस्करी प्रकरणको छनबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रधानमन्त्रीले राष्ट्रिय दलहरूको बैठक बोलाएका थिए । ‘चाड पर्वको मुखमा आम उपभोक्तालाई मार पर्नेगरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोधस्वरुप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौँ । थप कार्यक्रमबारे जानकारी दिनेछौँ’, सभापति रवि लामिछानेले लेखेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग गठनका लागि भन्दै संसदमा रहेका सात राष्ट्रिय दलहरूको बैठक राखेका छन् । असोज ५ मा गठन भइसक्नेगरी अघिल्लो महिना भएको सत्ता र प्रतिपक्षबीचको सहमति अझै कार्यान्वयन भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1