गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
४९ पटक हेरिएको
Shares
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?

सारांश

  • काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्दैछन् ।
  • प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त बनाएको छ ।
  • प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो ।

१५ चैत, काठमाडौं ।

काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्दैछन् । प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त बनाएको छ । प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन् ।

प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए ।  आचार्यले भने, ‘दुई तीन ठाउँमा मुभमेन्ट हुने भएकाले ट्राफिक जामको सम्भावना छ । त्यसको व्यवस्थापन गर्न ट्राफिक ड्राइभर्सनको व्यवस्था गरेका छौं ।’ विशेषगरी तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिकको व्यवस्थापन गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको बताए ।

गणतन्त्र पक्षधरको प्रदर्शन समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा विप्लव समूह मिलेर गर्दैछन् भने राजतन्त्रसहितको हिन्दुराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने
माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने
काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ
काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
गोली चलाएर अभियुक्त नियन्त्रणमा
गोली चलाएर अभियुक्त नियन्त्रणमा
मौसम पूर्वानुमान: आज मौसम सफा रहने
मौसम पूर्वानुमान: आज मौसम सफा रहने
नेपाली सेनाले माग्यो २८० जना अधिकृत [सूचनाासहित]
नेपाली सेनाले माग्यो २८० जना अधिकृत [सूचनाासहित]
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत