राजतन्त्र इतिहास भइसक्यो, हाम्रो आन्दोलन जनताका लागि हो : अग्निप्रसाद सापकोटा
१४ चैत, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शुक्रबार समाजवादी मोर्चा नेपालले शुक्रबार काठमाडौंमा गर्ने प्रदर्शनको तयारी अन्तिम चरणमा रहेको जनाएका छन् । सापकोटाले चैत्र २४ गते वृहत् प्रदर्शन र जनसभालाई अगाडि सारेर शुक्रबार नै गर्न लागेको हो । ‘चैत्र २४ गते वृहत् प्रदर्शन र जनसभा गर्ने भनिरहेका थियौ । त्यसलाई अलि अगाडि १५ गते लाई सारेका हौँ । त्यसपछि पार्टीको अभियानलाई निरन्तरता दिनेछौँ । प्रदर्शनका लागि तयारी घनिभूत रूपमा भइरहेको छ ।
हाम्रो पार्टीको तर्फबाट पनि धेरै राम्रो तयारी भइरहेको छ । र अन्य पार्टीहरूले पनि राम्रो तयारी गरिराख्नुभएको छ । समाजवादी र नेपाल कम्युनिष्ट पार्टी सी ,जनता समाजवादी पार्टी सबैले अत्यन्तै ठूलो महत्त्वपूर्ण र प्राथमिकताका साथ तयारी गरिरहनुभएको छ,’ उनले भने । राजावादीको कार्यक्रम आफूहरूलाई थाहा नभएको भन्दै सापकोटाले एकै दिन पार्ने कुरालाई धरपकडसँग जोड्न नमिल्ने बताए । ‘परिस्थितिलाई उत्तेजित पार्ने ,परिस्थिति भड्कन नदिने गरी काम गरिरहेका छौँ । व्यवस्थित शालीन, भद्र हुने छ । स्तरीय हुने छ,’ उनले अगाडि भने,‘जनतामा देखिएको निराशा, असन्तुष्टि आक्रोश पनि सम्बोधन गर्नेछौँ । त्यसैले यो प्रदर्शन कार्यनीति र रणनीतिक हिसाबले महत्त्वपूर्ण छ,’ उनले भने ।
प्रदर्शन समाजवादको आधार तयार पार्ने एउटा प्रस्थान विन्दु पनि भएकाले देखिएका विकृति विसङगतिहरुको विरुद्ध केन्द्रित हुने उनको भनाइ छ । त्यसैले प्रदर्शन बहु आयामिक महत्वको रहेको र १५ गतेको आन्दोलन सामान्य नभएको उनको बुझाइछ । सरकारको नालायकीपनले गर्दा कुशासनले गर्दा जनतामा व्यापक निराशा, असन्तुष्टि, आक्रोशका लागि प्रदर्शन उपयोगी हुने उनले जानकारी दिए ।यही मौका पारेर इतिहासमा थन्क्याइएको राजतन्त्र फिर्ता गर्नुपर्छ भनेर केही मान्छे लागेका छन् । त्यसको कुनै आधार छैन । बीना आधार उनीहरू उत्साहित भइरहेको छन् । यो निरर्थक छ । किनकि अहिलेको यो असन्तुष्टि व्यवस्थाप्रतिको, लोकतन्त्रप्रतिको, गणतन्त्र सङ्घीयता धर्मनिरपेक्षताप्रतिको असन्तुष्टि होइन । यो सरकारले जुन उल्टो गति लिइरहेको छ ।
यसले गर्दा जनतामा व्यापक असन्तुष्टि भएको बेलामा धमिलो पानी बनाएर माछा मार्न सकिन्छ कि भनेर लागेका छन्,’ उपाध्यक्ष सापकोटाले भने,‘इतिहास भइसकेको राजतन्त्र फर्काउने कल्पना पनि गर्न सकिँदैन । युवाहरू यथास्थितिवादी सोचको विरुद्धमा छन् । तर त्यसको अर्थ उनीहरू पछाडि फर्कन चाहँदैनन् । अगाडि जान चाहन्छन् । अझ समुन्नत लोकतन्त्र स्थापना बनाउन आफ्नो अभिमत राखिरहेको छन् ।’वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति असाध्यै धेरै अन्योलपूर्ण, जटिल र पेचिलो बन्दै गइरहेको साथै जनताले सरकारमाथि प्रश्न गरिरहेकाले आन्दोलन उपयोगी भएको उनको भनाइछ । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएकाले लोकतन्त्रको विकल्प पछाडि फर्कने हुन नसक्ने उनले बताए । नयाँ युवा युवतीहरूको चाहानाहरू पूरा गर्नका लागि यथास्थितिवादबाट अगाडि बढ्नै पर्ने, नयाँपन दिनै पर्ने भएकाले माओवादी केन्द्रले सोही अनुसार काम गरिरहेको पनि बताए । नेपाली समाजलाई अगाडि बढाउन समाजवाद बाहेक अर्को व्यवस्था नभएकाले समाजवादमा न्याय र निष्पक्षता हुने उनको जिकिर छ ।
Post Comment