१० श्रावण २०८२, शुक्रबार

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु

 

१३ चैत, काठमाडौं । 

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।  शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची गएको बस फर्किँदै थियो । लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा च्याँपिएर तीन महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको परिचय भने खुलेको छैन ।  उद्धारपछि घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?