अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु

१३ चैत, काठमाडौं ।
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची गएको बस फर्किँदै थियो । लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा च्याँपिएर तीन महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको परिचय भने खुलेको छैन । उद्धारपछि घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment