अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु
सारांश
- अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
- शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
- उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ ।

१३ चैत, अर्घाखाँची ।
अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया