११ श्रावण २०८२, शनिबार

इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी ६ घण्टा पछि नियन्त्रणमा

 

१३ चैत, काठमाडौं ।

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, भर्खरै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो । प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागी भएको थियो । आगोलागी भएको करिब साढे ६ घण्टामा नियन्त्रण गर्न सफल भएको हो ।

आगोलागी नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । आगलागीको कारण खुलिसकेको छैन,’ प्रजिअ अधिकारी मिश्रले भने, ‘हामीले प्लाजाका सबै कोठा कोठामा हेर्‍यौं, कतैपनि आगो भेटिएको छैन ।’ प्लाजाको चौथो तलामा आगलागी भएको थियो । सोही प्लाजाको सातौं तलामा फसेका ११ जनाको उद्धार हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

 

३ जना महिला र ८ जना पुरुषको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये एकजना सामान्य घाइते भएका थिए । उनको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । उद्धारमा खटिएका ७ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । नेपाल प्रहरीका ५, सशस्त्र प्रहरीका १ र नेपाली सेनाका एक जना सामान्य घाइते भएको उनले बताए ।

यी हुन उद्धार गरिएका व्यक्तिहरूः

भोजपुर आमचोक बस्ने बर्ष २३ कि मेरिका राई ।
–कैलाली बस्ने बर्ष २६ कि लक्ष्मी श्रेष्ठ ।
–सुनसरी बराहक्षेत्र ५ बस्ने बर्ष २६ को बिजय धामी ।
–काभ्रेका नखुलेको बिष्णु तामाङ (उमेर खुल्न बाँकी)
– बंगलादेशका नागरिक D JAY (उमेर खुल्न बाँकी)
–धनुषा कमला ९ बस्ने बर्ष ४४ को संजय जैसवाल ।
–मोरङ बिराटनगर १५ बस्ने बर्ष २४ कि दिया राय ।
–मोरङ बिराटनगर १५ बस्ने बर्ष २८ को विशाल सिंह ।
–सुनसरी रामधुनि ७ बस्ने बर्ष २४ को आशिष चौधरी ।
अन्य २ जनाको खुल्न पहिचान खुल्न बाँकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?