वडाध्यक्षको घरमा आगलागी हुँदा घरसहित १० वटा चौपाया जले
राजविराज — सप्तरीको डाकनेश्वरी नगरपालिका ७ का वडाध्यक्ष शत्रुधन मण्डलको घरमा आइतबार राति आगलागी भएको छ ।
राति अचानक आगलागी हुँदा मण्डलको घर र गोठ जलेको छ । प्रहरीका अनुसार आगलागीबाट गोठमा रहेका ७ वटा बाख्रा, २ वटा खसी तथा १/१ वटा भैसी र पाडा जलेर मरेका छन् । आगलागीबाट ८ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment