२६ जेष्ठ २०८२, आईतवार

शुक्रबार घटेको सुनको मूल्य आज बढ्यो

 

२५ फागुन, गएको शुक्रबार घटेको सुनको मूल्य आज थोरै बढेको छ। चाँदीको मूल्य भने आज घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एकसय रुपैयाँ बढेको हो। सुनको मूल्य आज तोलाको एक लाख ७० हजार तीनसय रुपैयाँ कायम भएको छ।

गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ थियो। यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो। आज चाँदीको भाउ भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ घटेर १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment