ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी, आफू पनि नचढ्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी, आफू पनि नचढ्ने

सारांश

  • मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधन खोसेका छन् ।
  • खोला ठेक्का नलागेको निहुँमा माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरूले प्रयोग गर्ने सवारीको चाबी खोसेका हुन् ।
  • लोहन्द्र खोलाबाट आउने राजस्वको ज्ञारेन्टी नभएसम्म गाडी आफूपनि सरकारी गाडी नचढ्ने उनले बताए ।

२० फागुन, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधन खोसेका छन् । खोला ठेक्का नलागेको निहुँमा माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरूले प्रयोग गर्ने सवारीको चाबी खोसेका हुन् । लोहन्द्र खोलाबाट आउने राजस्वको ज्ञारेन्टी नभएसम्म गाडी आफूपनि सरकारी गाडी नचढ्ने उनले बताए ।

लोहन्द्रा खोलाबाट पालिकाले १ करोड ३५ लाख आम्दानी हुने अनुमान गरेको थियो । तर, ठकेदार सम्पर्कमा नआएपछि पुन ठेक्का आह्वान गर्ने निर्णय भएको थियो । सो निर्णय अदालतको आदेशपछि रोकिएको छ । गत माघ ३० गते कार्यपालिका बैठकले लोहन्द्रा खोला ठेक्का पाएर पनि सम्झौताका लागि नआएका ठेकेदारको धरौटी जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने र नयाँ ठेक्का आह्वान गर्ने निर्णय गरेको थियो ।

तर, कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीसहित वडाध्यक्षले उच्च अदालतमा रिट दायर गरेका थिए । उच्चले पालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । आज पनि ग्रामथानको कार्यपालिका बैठक बसेको थियो । कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन् ।

उनका अनुसार बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति जनाएपछि बैठक स्थगित गर्दै अध्यक्षले कार्यकर्ता खटाएर चाबी खोसेका थिए ।अध्यक्ष माझीले भने आफ्नो बाध्यता रहेको बताए । ‘उपाध्यक्ष र वडा अध्यक्षले प्रयोग गर्ने गाडी र बाइक चिठ्ठी दिएर फिर्ता ल्याए, यो मेरो पूर्वाग्रह होइन,’ उनले भने, ‘यो बाध्यता हो, म पनि स्करपिओ चढ्दिनँ ।’ गत मंसिर १६ को उपनिर्वाचनमा माझी नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार
साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
नगरप्रमुख क्षेत्रीद्वारा जन्मदिनमा रेडक्रसलाई भ्यान उपहार
नगरप्रमुख क्षेत्रीद्वारा जन्मदिनमा रेडक्रसलाई भ्यान उपहार
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
रोहितको शतकमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो
रोहितको शतकमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो
एन्फा कार्यालयमा सीआईबीको छापा, कोषाध्यक्षसँग सोधपुछ
एन्फा कार्यालयमा सीआईबीको छापा, कोषाध्यक्षसँग सोधपुछ
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण