१२ श्रावण २०८२, आईतवार

शेयर बजारमा ७ महिना यताकै उच्च कारोबार

 

१९ फागुन,  काठमाडौं । एक सातादेखि लगातार बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले आइतबार पनि निरन्तरता दिएको छ । यस दिन नेप्से परिसूचक ७५ दशमलव २४ अंक बढेर २८९० दशमलव २८ विन्दुमा पुगेको छ । यस दिन परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ३०२ वटा कम्पनीको १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपियाँमा २ करोड ९१ लाख ६६ हजार कित्ता शेयर किनबेच भएको छ । यो गत भदौ ११ गतेपछि उच्च कारोबार हो । सो दिन बजारमा १८ अर्ब ६४ करोडको शेयर कारोबार भएको थियो।

आइतबार हिमालयन डिष्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत कम्पनी न्यादी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट र समाज लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ९७ करोड ५३ लाख रुपियाँबराबरको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?