पर्यावरणीय संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
प्रमोद सहनी
हेटौंडाः प्राकृति मानव केन्द्रित जन अभियान नेपाल , बागमती प्रदेश समिति मकवानपुर , तथा हेटौंडा उपमहानगरपालिकाको संयुतm आयोजनामा शुक्रबार हेटौडाको पशुपति मन्दीरको सभाहलमा पर्यावरणीय संरक्षणमा मानव जातिको भुमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम मानव केन्द्रित जन अभियानको पूर्व अध्यक्ष कृष्ण गौतमको सभाध्यक्षता ताथा नगरप्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले अहिलेको अवस्थामा हामी सबैले एक अर्कालाई इज्ज साथ अगाडि नबढेमा समाज कमजोर हुँदै जाने बताउनुभयो । नेपाली जनताहरु सँग धेरै सिपहरु , ऐतिहासिक कुराहरु , धेरै ज्ञान भएता पनि सहि ढङगले उपयोग गर्न नसकेको कुरालाई नगर प्रमुख लामाले औँल्याउनुभयो । वातावरणलाई मानिसहरुले संरक्षण गर्न नसकेमा प्रकृतिमा धेरै हानि नोक्सानी हुन सक्ने , चराचुरुङगी जिवजन्तुहरुको घट्न सक्ने पनि उहाँले बताउनुभयो । जनताहरुले अन्तराष्ट्र कानुनको बन्धनमा रहेर पर्यावरणमाको संरक्षण गर्ने गरको उहाँको भनाइ छ ।
सबै मानिसहरुले कार , मोटरसाइकल तथा सवारी साधनहरुमा लाखौँ रुपैयाँ खर्च गरेको तर खेती बालीमा १रुपैयाँ लगानी नगरेकोले पनि पर्यावरणलाई असर गरेको उहाँले बताउनुभयो । सबै मानिसहरुले घरबाट विकासका कामहरुले सुरु नगर्ने , वडा टोल बाट सुरु नगरेमा , प्रकृति संग नजोडेमा , उत्पादन संग नजोडीएमा पर्यावरणको संरक्षण गर्न नसक्ने उहाँले दावी गर्नुभएको छ । प्रकृतिक कुराहरुलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको योजना मानिसले बनाउनुपर्ने बताउनुभयो । प्रकृतिक कुराहरुको संरक्षण गरेर कसरी नयाँ कुराहरु निर्माण सकिन्छ भन्ने कुराको अभियानमा लागि पनुपर्ने उहाँले बताउनुभयो । जबसम्म प्रकृति रहन्छ तब सम्म मानव जबसम्म मानव तब सम्म प्रकृत भन्ने कुरालाई जोड दिनुभयो ।
अहिले संसारमा मानव जातिको विकासको कारणले गर्दा विनासको पनि भयानक तरिकाले सरुवात भइरहेको मानव केन्द्रित जन अभियानका पूर्व अध्यक्ष कृष्ण गौतमले बताउनभयो । पर्र्यावरणको संरक्षण नभएको कारणले सारा संसारको जिव जगर माथि खत्रा पैदा भइरहेको बताउनुभयो । शुद्ध हावाको कमी भएको , पानीको शुद्धतामा कमी आएको , जैविक विविधता माथि खत्रा पैदा भइरहेको , सम्पुर्ण जिवन बाँच्ने आधारको कमी भएको , जिवन माथि भयानक चुनौतीहरु आइपरेको कुरालाई उहाँले औँल्याउनुभयो । मानव जिवनमा आइपरेको चुनौतिहरुलाई कसरी न्युनिकरण गर्नुपर्ने कुरामा लागि पनुपर्ने बताउनुभयो । हाम्रा सरकार भित्र कस्तो कमजोरी छ , राज्य भित्र कस्तो कमजोरी छ , सत्ता पक्षमा कस्तो कमजोरी छ भन्ने कुरालाई मध्य नजर गरेर त्यो कुरालाई समेटेन पट्टी लागि पर्नुपर्ने उहाँले बताउनुभयो । आफ भित्र भएको कमी कमजोरीलाई औँल्याउनुपर्ने उहाँले बताउनुभयो ।
विभिन्न कमजोरीलाई सम्बोधन गरेमा पृथ्वीको संरक्षण गर्न सक्ने उहाँले बताउनुभयो । विभिन्न लागुओषधको खेती , अवैध कारोवहार भएको कारणले पनि पर्यावरणलाई असर गरेको उहाँको दावी छ । अहिले ४७ वटा जिल्लामा चलिरहेको बताउनु हुँदै ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य रहेको बताउनुभयो । यस कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको मेयर मीना कुमारीलामा , मानव केन्द्रित जन अभियान नेपालको पुर्णध्यक्ष कृष्णा गौतम , प्रकृति मानव केन्द्रित अभियानता उत्तम कडेल लगाएतको उपस्तिथी रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1