काठमाडौं उपत्यकामा ३ दिनमा ३ हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा ३ दिनमा ३ हत्या

सारांश

  • हत्याका कारण पछिल्ला तीन दिनमा तीन जना व्यक्तिले ज्यान गुमाए।
  • बिहीबार बिहानै ६ बजेतिर काठमाडौंं महानगरपालिका–२४ ईंट्खा गल्लीको बाटो हिँड्ने व्यक्तिले एक व्यक्तिको शव देखे।
  • तत्कालै घटनास्थलमा प्रहरी पुगेको थियो।

 

१० फागुन, काठमाडौं : शान्ति सुरक्षाको राम्रो प्रबन्ध भएको भनिएको उपत्यकामै जघन्य हत्याका घटना बढ्न थालेका छन्। हत्याका कारण पछिल्ला तीन दिनमा तीन जना व्यक्तिले ज्यान गुमाए। बिहीबार बिहानै ६ बजेतिर काठमाडौंं महानगरपालिका–२४ ईंट्खा गल्लीको बाटो हिँड्ने व्यक्तिले एक व्यक्तिको शव देखे। तत्कालै घटनास्थलमा प्रहरी पुगेको थियो।

प्रहरी पुग्दा गल्लीको फोहर राख्ने ठाउँमा रहेको ठेलागाडामा टाउको रहेको र भुइँमा शरीर र खुट्टा भएको अवस्थामा एक ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका थिए।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार मृतकको शव वरिपरि रगत जमेको थियो। मृतकको हत्या भएको हुनसक्ने आशंकमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। यसैक्रममा उक्त एरियाको सीसीटीभी हेर्दा दुईवटा युवकले बासको भाटाले हानेर हत्या गरेको फुटेज फेला परेको थियो।

हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमकका काठमाडौंंको ढोकाटोल बस्ने १७ वर्षीय सागर महतरा र रामेछापको काउलेका काठमाडौंंको मरुटोल बस्ने १६ वर्षीय सन्तोष शंकर रहेका छन्। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्ने कागजात भेटिएको छैन तर उनको हातमा सुशन शाक्य नामको ट्याटु खोपिएको छ। उनी भक्तपुरको रहेको प्रहरीले बताएको छ। यस्तै, बुधबार बिहानै कालीमाटीको तरकारी बजारमा एक व्यक्ति मृत भेटिए।  तरकारी बजारमा भरियाका रूपमा लामो समयदेखि काम गर्दै आएका रामकृष्ण दाहाल मृत फेला परेका हुन्।

उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको थियो। टाउकोमा रडको चोटजस्तो देखिएको थियो। तरकारी बजारमा सँगै काम गर्ने साथीहरूबीच विवाद हुँदा उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। राति ढिलासम्म काम गरेपछि दाहाल कहिलेकाहीँँ बजारकै तरकारी स्टलमा सुत्ने गरेको बताइएको छ। हत्या आरोपमा ४ जना पक्राउ परेका छन्। उनीहरूले राति मदिरा खाएर बसेको अवस्थामा विवाद हुँदा कुटपिट भएको प्रारम्भिक बयान दिएका छन्।  यही मंगलबार भक्तपुरको एक घरमा १९ वर्षीय निरोज लामा मृत भेटिए। भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियामा उनको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार १९ वर्षीय निरोज लामाको शव फेला परेको हो। चाँगुनारायण–४ स्थित २१ वर्षीय बादल तामाङको घरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। निरोज गएराति बादलको घरमा गएको र उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको परिसरका डीएसपी ढुण्डीराज न्यौपानेले बताए। प्रहरीका अनुसार मंगलबार दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएका थिए। उनीहरू दुवैजना ट्र्याक्टर चालक रहेको बताइएको छ।  मृतक १९ वर्षीय किशोर निरोज लामाको परिवारले जिल्ला प्रहरी परिसर भक्तपुरमा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका हुन्। उनीहरूले निरोजकै साथी २१ वर्षीय बादल लामाविरुद्ध किटानी जाहेरी दिएका हुन्।

बादललाई पक्राउ गरी अनुसन्धान भइरहको छ। निरोजको हत्या हो÷होइन अहिलेसम्म यकिन हुन नसकेको प्रहरीको भनाइ छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले निरोज मृत्युको कारण खुल्न बाँकी नै रहेको छ। निरोज मृत फेला परेपछि बादलले नै छिमेकी र प्रहरीलाई खबर गरेका थिए। उक्त घरमा बादल एक्लै बस्ने गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोहोराका अनुसार पछिल्ला हत्याका घटना योजनाबद्धभन्दा पनि आवेशप्रेरित भएको देखिन्छ। कतिबेला कसलाई कोसँग रिस उठ्छ र विवाद हुन्छ ? यसको पूर्वानुमान गर्न सकिँदैन। अपराधमा संलग्न जोकोही भए पनि उन्मुक्ति पाउँदैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु
बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा
बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
रास्वपाले आजपनि पोखरामा प्रदर्शन गर्ने
रास्वपाले आजपनि पोखरामा प्रदर्शन गर्ने
शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप
शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन
आज साउन  को अन्तिम सोमबार १२ बजेसम्म १ लाख १५ हजारले गरे पशुपतिनाथको दर्शन
आज साउन को अन्तिम सोमबार १२ बजेसम्म १ लाख १५ हजारले गरे पशुपतिनाथको दर्शन
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो