नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १९, २०८१
|
|
२४ पटक हेरिएको
Shares
नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित

सारांश

  • बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सम्बद्ध विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन्।
  • शुक्रबार भएको दोस्रो राष्ट्रिय महाधिवेशनबाट रम्तेलले १२७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
  • अध्यका उम्मेदवार साधुराम नेपालीले ३१ मत मात्र प्राप्त गरे।

१९ माघ,  काठमाडौं- डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सम्बद्ध विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन्।

शुक्रबार भएको दोस्रो राष्ट्रिय महाधिवेशनबाट रम्तेलले १२७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। अध्यका उम्मेदवार साधुराम नेपालीले ३१ मत मात्र प्राप्त गरे। अर्का अध्यक्षका उम्मेदवार नेत्र चापागाईंले भने रम्तेललाई समर्थन गरेका थिए। उनी यसअघिका अध्यक्ष पनि हुन्। यस्तै उपाध्यक्षमा ओम नारायण महतो, भरत ढकाल, विशाल तिमिल्सिना, सुभाष न्यौपाने, सन्तोष नेपाली र मिना राई निर्वाचित भएका छन्। दोस्रो महाधिवेशनबाट महासचिवद्वयमा अनिलकुमार पटेल र आस्था नेपाली निर्वाचित भए। यसैगरी उपमहासचिवमा पशुपति ठाकुर, सचिवमा

टेकराज कडेल, सुजन गढ्तोला, रमेश देवकोटा (अभय) र कोषाध्यक्षमा सुरेन्द्र यादव निर्वाचित भएका छन्। दोस्रो महाधिवशनमा नेतृत्व चयनका लागि अध्यक्ष र महासचिवमा निर्वाचन गर्नु परेको थियो भने बाँकी पद सर्वसम्मत निर्वाचित गरिएको नवनिर्वाचित अध्यक्ष रम्तेलले जानकारी दिए। दोस्रो महाधिवेशनले संगठनको नाम पनि परिवर्तन गरेको छ। पहिले यस संगठनको नाम नेपाल समाजवादी विद्यार्थी युनियन थियो। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएपछि डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै
तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली
तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 
अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ
स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
‘सर्वोत्कृष्ट प्रहरी’ प्रसनी रागनी यादव आइजीपी कार्कीबाट ४० हजार नगदसहित सम्मानित
‘सर्वोत्कृष्ट प्रहरी’ प्रसनी रागनी यादव आइजीपी कार्कीबाट ४० हजार नगदसहित सम्मानित