Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एनकेएल: पहिलो क्वालिफायरमा जनकपुर र विराटनगर भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १४, २०८१
|
|
५५ पटक हेरिएको
Shares
एनकेएल: पहिलो क्वालिफायरमा जनकपुर र विराटनगर भिड्दै

सारांश

  • राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी लिगमा जनकपुर चार जित र एक बराबरीसँगै २३ अंक बनाएर अपराजित रहँदै शीर्षस्थान रहेको छ।
  • त्यस्तै दोस्रो स्थानमा रहेको बिराटनगर पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ जनकपुरसँग भिड्दै छ।
  • क्वालिफायर एकको विजेता सीधै फाइनलमा प्रवेश गर्ने भएकाले दुवै टिमको लक्ष्य फाइनल प्रवेश हुने छ।

 

१४ माघ, काठमाडौँ- नेपाल कबड्डी लिग अन्तर्गत पहिलो क्वालिफायरमा सोमबार बिराटनगर र जनकपुर आज भिड्दै छन्। राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी लिगमा जनकपुर चार जित र एक बराबरीसँगै २३ अंक बनाएर अपराजित रहँदै शीर्षस्थान रहेको छ।

त्यस्तै दोस्रो स्थानमा रहेको बिराटनगर पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ जनकपुरसँग भिड्दै छ। क्वालिफायर एकको विजेता सीधै फाइनलमा प्रवेश गर्ने भएकाले दुवै टिमको लक्ष्य फाइनल प्रवेश हुने छ। खेल नेपाली समय अनुसार साँझ ५:३० मा त्रिपुरेश्वर स्थित कभर्डहलमा हुने छ। त्यस्तै आज नै काठमाडौं र धनगढीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्ने छन्। इलिमिनेटरको विजेता र क्वालिफायर एकमा पराजित टिमवीच क्वालिफायर दुई मा प्रतिस्पर्धा हुने छ। विजेताले क्वालिफायर एकको विजेताविरुद्ध एनकेएलको फाइनल खेल्ने छ।

फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करणको फाइनल १८ माघमा हुने छ। ६ शहरका ६ टिम सहभागि एनकेएलको पहिलो संस्करणमा जनकपुर नाइट्स (२३), विराटनगर ब्यान्डिट्स (२१), काठमाडौं माभरिक्स (१९) र धनगढी वाइल्डक्याट्स (११) ले लिगको शीर्ष चारमा रहँदै प्ले-अफमा स्थान बनाएका थिए। पुछारका दुई टिम पोखरा लेकर्स (४ अंक) र बुटवलको हिमालयन रेइडर्स (७ अंक) भने लिग चरणबाटै बाहिरिए। एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएल मा ७ वा त्योभन्दा कम अन्तरको हारमा टिमले १ अंक पाउने प्रावधान छ। जित्ने टिमले ५ अंक र स्कोर बराबरी भएमा ३-३ अंक प्राप्त हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरको रानी क्षेत्रमा झडप, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार
विराटनगरको रानी क्षेत्रमा झडप, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)
सप्तकोशी बस दुर्घटनामा परेका २० जनाको उद्धार (अपडेट)
सप्तकोशी बस दुर्घटनामा परेका २० जनाको उद्धार (अपडेट)
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण
आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं ः कुलमान घिसिङ
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं ः कुलमान घिसिङ
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
रास्वपा र राप्रपाको संसद् अवरोध कायमै
रास्वपा र राप्रपाको संसद् अवरोध कायमै
मधेश सरकारले एक करोडभन्दा कमका खुद्रे योजना नल्याउने
मधेश सरकारले एक करोडभन्दा कमका खुद्रे योजना नल्याउने