१० श्रावण २०८२, शुक्रबार

रास्वपाका कोशी प्रदेश सभापति तिम्सिना निलम्बित

 

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । शुक्रबार रास्वपाको केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरत मणि देवकोटाले एक पत्र लेख्दै तिम्सिनालाई निलम्बन गरिएको जानकारी  दिएका हुन् ।

‘तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनि मिति २०८१।०९।१८ मा यस आयोग समक्ष दिएको उजुरी र यस आयोगको स्थलगत मूल्याङ्कन समेतका आधारमा भएको यस आयोगको मिति २०८१ । १०।०४ को निर्णयले यस पार्टीको कोशी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४. १. ( ख ), नियम ४.१.१ (ख) तथा नियम ६.२.३. (झ) समेतले दिएको

अधिकार प्रयोग गरी तपाईंलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराईन्छ । यस आयोगले तपाईं उपर गर्ने अनुसन्धानमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ,’  पत्रमा भनिएको छ । तिम्सिनासहित रास्वपाका मधेश प्रदेश सभापति तपेश्वर यादवले तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णयबाट हस्ताक्षर फिर्ता लिएको भन्दै पार्टी नेतृत्वलाई पत्र पठाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?