कास्की जिल्ला अदालतमा आदेश लेखन जारी
२५ पुस, काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तको थुनछेक बहसका अन्य प्रक्रिया पूरा भएपछि अहिले आदेश लेखन कार्य भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीमा जोडिएका प्रतिवादीहरूमाथि जिल्ला सरकारी वकिलको कार्यालयले सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको छ ।
सोही मुद्दाको थुनछेक बहसका अन्य सम्पूर्ण प्रक्रिया पूरा भएपछि आदेश लेखनको काम चलिरहेको हो ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले सरकारी वकिलको तर्फबाट जवाफी बहस भएपछि प्रतिवादीलाई बोलन समय दिएका थिए । त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले बाहिर रहेर सहकारीपीडितलाई न्याय दिलाउन पहल गर्ने भन्दै थुनाबाहिर रहेर पूर्पक्ष गर्ने आदेश दिन माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment