उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ

सारांश

  • रास्वपा सभापति रवि लामिछानेले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने भएका छन् ।
  • जिल्ला अदालत रुपन्देहीको आदेश उच्चले उल्ट्याएपछि सोमबार उनी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
  • उच्च अदालत तुल्सीपुरको बुटवल बेन्चले शुक्रबार जिल्ला अदालतको आदेश उल्ट्याएपछि सोही दिन राति प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

२५ चैत, काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने भएका छन् । जिल्ला अदालत रुपन्देहीको आदेश उच्चले उल्ट्याएपछि सोमबार उनी पुर्पक्षका लागि जेल चलान भएका छन् । उच्च अदालत तुल्सीपुरको बुटवल बेन्चले शुक्रबार जिल्ला अदालतको आदेश उल्ट्याएपछि सोही दिन राति प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

शनिबार बिहान रुपन्देही लगेर जिल्ला प्रहरीको हिरासतमा राखिएका उनलाई सोमबार अदालतमा पेस गरी कारागार चलान गरिएको हो । रुपन्देही कारागारको ब्लक ४ मा राखिएका लामिछानेले सहयोगी पत्रकार प्रमोद न्यौपानेमार्फत आफ्ना शुभेच्छुकका लागि चारवटा सन्देश पठाएका छन् । पहिलो, उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदनका लागि कानुन व्यवसायीहरूले गृहकार्य गरिरहेका छन् । अदालतको आदेशको सम्मान गर्दै आफूले स्वेच्छिक गिरफ्तारी दिन चाहे पनि प्रहरीले अस्वाभाविक हतार र हर्कत देखाएकोमा लामिछानेले दुःख लागेको भनेका छन् । दोस्रो, न्यायको मन्दिरबाट अन्याय हुने छैन भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

अदालतको आदेशप्रति संकेत गर्दै उनले अहिले उठेका विभिन्न आशंका गलत सावित हुने विश्वास व्यक्त गरेका छन् । लामिछानेको तेस्रो सन्देश पार्टी पंक्तिका लागि छ । पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन उनले निर्देशन दिएका छन् । सँगै भनेका छन्, ‘सक्नुहुन्छ पार्टी संरचना बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुहोस् ।’ रास्वपा सभापति लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दोहोर्‍याएका छन् । सँगै यसलाई परीक्षाकै रूपमा अर्थ्याउँदै भनेका छन्, ‘पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरुले पनि दिनुपर्नेछ ।’ उनले आफू नहडबडाएको र नआत्तिएको पनि टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन   
संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन   
आज देश नसोचेको अवस्थामा पुगेको छ, मेरोभन्दा देशको बारेमा सोच्नुहोला: तोसिमा कार्की
आज देश नसोचेको अवस्थामा पुगेको छ, मेरोभन्दा देशको बारेमा सोच्नुहोला: तोसिमा कार्की
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण