त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !

सारांश

  • काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ ।
  • यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो ।

१९ पुस, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थलको दोस्रो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ । यो विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेपछि आन्तरिक उडान संख्या बढ्दा आम्दानी सुधार भएको छ । तेस्रो स्थानमा भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलको वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ । चौथो स्थानमा विराटनगर विमानस्थल छ । यस विमानस्थलको आम्दानी १७ करोड ५६ लाख रुपैयाँ बराबर छ ।

  • यी हुन् धेरै आम्दानी गर्ने १० विमानस्थल
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : १२ अर्ब ८६ करोड
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ३४ करोड ९३ लाख
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : २१ करोड १३ लाख
  • विराटनगर विमानस्थल : १७ करोड ५६ लाख
  • नेपालगञ्ज विमानस्थल : १३ करोड ११ लाख
  • चन्द्रगढी विमानस्थल : ८ करोड १७ लाख
  • धनगढी विमानस्थल : ६ करोड ५६ लाख
  • भरतपुर विमानस्थल :६ करोड ३९ लाख
  • लुक्ला विमानस्थल : ६ करोड २३ लाख ;
  • जनकपुर विमानस्थल : ६ करोड १२ लाख

कतिपय विमानस्थलबाट भने प्राधिकरणले ज्यादै न्यून आम्दानी गर्ने गरेको छ । प्राधिकरणले एक वर्षमा विभिन्न कार्यालयबाट गरेको १४ अर्ब ६५ करोड रुपैयाँमध्ये सबैभन्दा कम आम्दानी लामिडाँडा विमानस्थल कार्यालयको छ । यो विमानस्थलबाट एक वर्षमा ४ सय ७४ रुपैयाँमात्र आम्दानी भएको छ । त्यस्तै डोटीस्थित प्राधिकरण कार्यालयको आम्दानी ९ हजार ४ सय ७५ रुपैयाँ रहेको छ । रुम्जाटार विमानस्थल कार्यालयले १० हजार ६ सय ७८ रुपैयाँ आम्दानी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती
आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती
लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी
शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी
सबैको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक
सबैको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’