११ श्रावण २०८२, शनिबार

त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !

 

१९ पुस, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थलको दोस्रो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ । यो विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेपछि आन्तरिक उडान संख्या बढ्दा आम्दानी सुधार भएको छ । तेस्रो स्थानमा भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलको वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ । चौथो स्थानमा विराटनगर विमानस्थल छ । यस विमानस्थलको आम्दानी १७ करोड ५६ लाख रुपैयाँ बराबर छ ।

  • यी हुन् धेरै आम्दानी गर्ने १० विमानस्थल
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : १२ अर्ब ८६ करोड
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ३४ करोड ९३ लाख
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : २१ करोड १३ लाख
  • विराटनगर विमानस्थल : १७ करोड ५६ लाख
  • नेपालगञ्ज विमानस्थल : १३ करोड ११ लाख
  • चन्द्रगढी विमानस्थल : ८ करोड १७ लाख
  • धनगढी विमानस्थल : ६ करोड ५६ लाख
  • भरतपुर विमानस्थल :६ करोड ३९ लाख
  • लुक्ला विमानस्थल : ६ करोड २३ लाख ;
  • जनकपुर विमानस्थल : ६ करोड १२ लाख

कतिपय विमानस्थलबाट भने प्राधिकरणले ज्यादै न्यून आम्दानी गर्ने गरेको छ । प्राधिकरणले एक वर्षमा विभिन्न कार्यालयबाट गरेको १४ अर्ब ६५ करोड रुपैयाँमध्ये सबैभन्दा कम आम्दानी लामिडाँडा विमानस्थल कार्यालयको छ । यो विमानस्थलबाट एक वर्षमा ४ सय ७४ रुपैयाँमात्र आम्दानी भएको छ । त्यस्तै डोटीस्थित प्राधिकरण कार्यालयको आम्दानी ९ हजार ४ सय ७५ रुपैयाँ रहेको छ । रुम्जाटार विमानस्थल कार्यालयले १० हजार ६ सय ७८ रुपैयाँ आम्दानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?