तीव्र गतिको माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
१६ पुस, ललितपुरको भैँसीपाटीमा माइक्रो बसको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ। सोमबार साँझ लललिपुर महानगरपालिका १८ सिकाली चाेकमा बा ३ ख ३१०२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा सडक किनारमा पैदल हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेली मगरको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसपी रन्जय राउतले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment