प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।
  • माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् ।
  • उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए ।

१३ पुस, कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ।’ सञ्चारमन्त्रीले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको जानकारी दिए ।

उनले ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र स्थापना हनु सकारात्मक हो भन्दै केन्द्र सञ्चालनका लागि सरकारका तर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ज्येष्ठ नागरिकको हकहित र अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध छ।’ त्यस अवसरमा स्वीट्जरल्याण्डका एहमान स्टिफटङको रु पाँच करोड आर्थिक सहयोगमा निर्माण भएको दिवा सेवाकेन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो । भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको स्मृतिमा चार रोपनी जग्गा प्रदान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै
लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
संविधान सशोधन गर्न पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्नुपर्छ: कांग्रेस
संविधान सशोधन गर्न पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्नुपर्छ: कांग्रेस
कांग्रेस सहमतिमा नआए संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार
कांग्रेस सहमतिमा नआए संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी
सुर्खेतका दुई कार्यालयबाट १६ जना बिचौलिया पक्राउ
सुर्खेतका दुई कार्यालयबाट १६ जना बिचौलिया पक्राउ
खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते
खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते
नेप्सेमा दोहोरो अंकको सुधार, ४ अर्ब माथिको कारोबार
नेप्सेमा दोहोरो अंकको सुधार, ४ अर्ब माथिको कारोबार
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक