६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
४७ पटक हेरिएको
Shares
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?

सारांश

  • आज (सोमबार) ६ वटा संसदीय समितिको बैठक बस्दैछ ।
  • जसअन्तर्गत मध्यान्ह १२ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
  • बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।

८ पुस, काठमाडौं । आज (सोमबार) ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत मध्यान्ह १२ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्या सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही
चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही
देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव
देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव
माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी
माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
कुटपिट गरी श्रीमतीको हत्या
कुटपिट गरी श्रीमतीको हत्या
सैनिक ब्यारेकबाट फर्किए ओली, भक्तपुरमा भाडाको घरमा बस्ने
सैनिक ब्यारेकबाट फर्किए ओली, भक्तपुरमा भाडाको घरमा बस्ने
म्यानमार भूकम्पमा ज्यान गुमाउने २,८८६ पुगे, ३७३ अझै बेपत्ता
म्यानमार भूकम्पमा ज्यान गुमाउने २,८८६ पुगे, ३७३ अझै बेपत्ता
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश
जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश