हाइसको ठक्करबाट एकको ज्यान गयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २२, २०८१
|
|
४१ पटक हेरिएको
Shares
हाइसको ठक्करबाट एकको ज्यान गयो

सारांश

  •   उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय अगाडि सैनिक व्यारेक नजिक शनिवार बिहान ५ बजे हाइसको ठक्करबाट एक जना पेदल यात्रीको ज्यान गएको छ ।
  • जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नं ११ चप्पन घर भएका ५५ वर्षका पवनसेर राई पैदल हिडिरहेको अवस्थामा गाईघाट दिक्तेल सडकको साउने खण्डमा पर्ने बोक्से करमगाछीतिरबाट गाईघाट बजारतिर जाँदै गरेको बा.
  • प्र.

२२ मंसिर, उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय अगाडि सैनिक व्यारेक नजिक शनिवार बिहान ५ बजे हाइसको ठक्करबाट एक जना पेदल यात्रीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नं ११ चप्पन घर भएका ५५ वर्षका पवनसेर राई पैदल हिडिरहेको अवस्थामा गाईघाट दिक्तेल सडकको साउने खण्डमा पर्ने बोक्से करमगाछीतिरबाट गाईघाट बजारतिर जाँदै गरेको बा. प्र.०१( ००६( ख ५८७१ नं  को गाईघाट काठमाडौँ चल्ने हायसले पछाडिबाट राईलाई ठक्कर दिएको थियो । हाइसको ठक्करबाट घाइते भएका राईलाई तत्कबालै प्रहरीले उद्धारगरी उपचारका लागि जिल्ला अस्पताल लगेकोमा बिहान ६.०५ बजे चिकित्सकले राईलाई मृत घोषणा गरेका थिए ।

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका ज्यान गुमाएका राई शनिवार पनि मजदुरीकै सिलसिलामा त्रियुगा नगरपालिका वडा न. ९ स्थित गैरुनतिर जान लागेको बताइएको छ ।  राईलाई ठक्कर दिएर फरार रहेको हायसलाई खोजतलास गरेर प्रहरीले काठमाडौँ जाने क्रममा त्रियुगा नगरपालिका वडा नं ६ जलजलेमा रहेको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने सवारी दुर्घटना कसरी भयो सवारी कस्ले चलाएको थियो भन्ने विषयमा सवारी चालक तथा सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक
ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ*त्यु
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ*त्यु
मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालकाे छड्के निरीक्षण
मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालकाे छड्के निरीक्षण
काठमाडौं महानगर र ईः बीच सहमति, ईःको आन्दोलन स्थगित
काठमाडौं महानगर र ईः बीच सहमति, ईःको आन्दोलन स्थगित