वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

सारांश

  • उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-७ बस्ने २१ वर्षीय सुरज पौडेल, चितवनको कालिका नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१२ बस्ने २१ वर्षीय रचना परियार र डोटीको बडीकेदार गाउँपालिका-२ घर भई काठमाडौं तारकेश्वर-१० बस्ने २७ वर्षीय प्रकाश बहादुर रोक्का मगर रहेका छन् ।
  • प्रहरीका अनुसार सुरजले सामाजिक सञ्जाल फेसबुकमा सुवेदी अभिषेक नाम लेखेर दुबईमा वैदेशिक रोजगारका लागि अवसर छ, भिजिट भिसामा दुबईमा आई काम गर्न मिल्छ विज्ञापन पोष्ट गरी पीडितसँग म्यासेन्जर र ह्वाटसपमा कुराकानी गरेर २ लाख १५ हजार ठगेका थिए ।

वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-७ बस्ने २१ वर्षीय सुरज पौडेल, चितवनको कालिका नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१२ बस्ने २१ वर्षीय रचना परियार र डोटीको बडीकेदार गाउँपालिका-२ घर भई काठमाडौं तारकेश्वर-१० बस्ने २७ वर्षीय प्रकाश बहादुर रोक्का मगर रहेका छन् ।

प्रहरीका अनुसार सुरजले सामाजिक सञ्जाल फेसबुकमा सुवेदी अभिषेक नाम लेखेर दुबईमा वैदेशिक रोजगारका लागि अवसर छ, भिजिट भिसामा दुबईमा आई काम गर्न मिल्छ विज्ञापन पोष्ट गरी पीडितसँग म्यासेन्जर र ह्वाटसपमा कुराकानी गरेर २ लाख १५ हजार ठगेका थिए ।रचना र प्रकाशले पनि बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेको प्रहरीले जनाएको छ ।

पीडितहरूले प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको छ । पक्राउ परेका पौडेललाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, परियार र मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एपसी काजीकुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
सरकारले नैतिकता गुमाइसक्यो, राजीनामा दिनु उचित हुन्छ : प्रचण्ड
सरकारले नैतिकता गुमाइसक्यो, राजीनामा दिनु उचित हुन्छ : प्रचण्ड
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
वीरगञ्जबाट भन्सार छलेर भित्र्याइएका १३ लाखको सामान बरामद
वीरगञ्जबाट भन्सार छलेर भित्र्याइएका १३ लाखको सामान बरामद
रास्वपाको सचिवालय बैठक आज बस्ने
रास्वपाको सचिवालय बैठक आज बस्ने
प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस
प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
संघीय अस्पतालमा २ हजारभन्दा बढी जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी
संघीय अस्पतालमा २ हजारभन्दा बढी जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र