सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ५, २०८१
|
|
४६ पटक हेरिएको
Shares
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

सारांश

  • उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-७ बस्ने २१ वर्षीय सुरज पौडेल, चितवनको कालिका नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१२ बस्ने २१ वर्षीय रचना परियार र डोटीको बडीकेदार गाउँपालिका-२ घर भई काठमाडौं तारकेश्वर-१० बस्ने २७ वर्षीय प्रकाश बहादुर रोक्का मगर रहेका छन् ।
  • प्रहरीका अनुसार सुरजले सामाजिक सञ्जाल फेसबुकमा सुवेदी अभिषेक नाम लेखेर दुबईमा वैदेशिक रोजगारका लागि अवसर छ, भिजिट भिसामा दुबईमा आई काम गर्न मिल्छ विज्ञापन पोष्ट गरी पीडितसँग म्यासेन्जर र ह्वाटसपमा कुराकानी गरेर २ लाख १५ हजार ठगेका थिए ।

 

वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-७ बस्ने २१ वर्षीय सुरज पौडेल, चितवनको कालिका नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१२ बस्ने २१ वर्षीय रचना परियार र डोटीको बडीकेदार गाउँपालिका-२ घर भई काठमाडौं तारकेश्वर-१० बस्ने २७ वर्षीय प्रकाश बहादुर रोक्का मगर रहेका छन् ।

प्रहरीका अनुसार सुरजले सामाजिक सञ्जाल फेसबुकमा सुवेदी अभिषेक नाम लेखेर दुबईमा वैदेशिक रोजगारका लागि अवसर छ, भिजिट भिसामा दुबईमा आई काम गर्न मिल्छ विज्ञापन पोष्ट गरी पीडितसँग म्यासेन्जर र ह्वाटसपमा कुराकानी गरेर २ लाख १५ हजार ठगेका थिए ।रचना र प्रकाशले पनि बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेको प्रहरीले जनाएको छ ।

पीडितहरूले प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको छ । पक्राउ परेका पौडेललाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, परियार र मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एपसी काजीकुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।
चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।
फेटा गाउपालिकामा वडा स्तरीय सुधार समिति गठन
फेटा गाउपालिकामा वडा स्तरीय सुधार समिति गठन
कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृ*त्यु
कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृ*त्यु
‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ :मन्त्री प्रकाशमान सिंह
‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ :मन्त्री प्रकाशमान सिंह
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप
मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप
विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
रेड पान्डाको संरक्षण गर्न सामुदायिक वनमा ४८ वटा सीसी क्यामेरा जडान
रेड पान्डाको संरक्षण गर्न सामुदायिक वनमा ४८ वटा सीसी क्यामेरा जडान
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया