२६ जेष्ठ २०८२, आईतवार

सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीय पक्राउ

 

६ कार्तिक, सर्लाही — सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत सीतामढी जिल्ला बेलाथानाबथौरा पञ्चायत मुजौली घर भएका २० वर्षीय शंकर राम तथा सोही ठाउँका ३३ वर्षीय अशोक साहलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो ।

लालबन्दी नगरपालिका–५ मेजरगंजमा शंकर सवार बीआर ३० टी ४०२५ भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकका क्रममा सिटमुनि लुकाइराखेको अवस्थामा ५ किलो ३४० ग्राम गाँजा बरामद गरिएको थियो ।

शंकरसँग सोधपुछ गर्दा लालबन्दीको एक होटेलबाट अशोकलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । दुईजनै भारतीय गाँजाको पेशेवर कारोबारी रहेको प्रहरीको आशंका छ । प्रहरीलाई दिएको बयानमा उनीहरू गाँजा भारततर्फ लएर जान खोजेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment