गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १, २०८१
|
|
२९ पटक हेरिएको
Shares
गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद समाधान गर्न पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् ।
  • मन्त्री पाण्डेले कात्तिक ४ गते परिषद् बैठक आह्वान गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।
  • उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन् ।

१ कार्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद समाधान गर्न पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् ।

मन्त्री पाण्डेले कात्तिक ४ गते परिषद् बैठक आह्वान गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन् । कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन् ।

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो । यसअघि धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको  विरोधमा उत्रिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने
देशका अधिकांश भागमा मौसम सफा हुने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा हुने पूर्वानुमान
दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ
दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ
नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ
सुडानमा नागरिक बस्तीमा आ*क्रमण, बालबालिकासहित ११४ को मृ*त्यु
सुडानमा नागरिक बस्तीमा आ*क्रमण, बालबालिकासहित ११४ को मृ*त्यु