२६ जेष्ठ २०८२, आईतवार

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

१७ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव यादवकाअनुसार काठमाडौंका लागि छुटेको बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान साढे तीन बजेतिर आफैं अनियन्त्रित भई घुम्तीबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा गाडी चालक काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ‘चार घाइतेलाई उपचार्थ धुलिखेल अस्पताल रिफर गरिएको छ, अहिले ती घाइतेको अवस्था सुधारोन्मुख देखिएको छ,’ इन्सपेक्टर यादवले भने । उक्त कारका चालक मृतक महर्जन रहेको उनले बताए ।

दुर्घटनामा रामेछापको उमाकुण्ड गाउँपालिका–२ की ३७ वर्षीया संगिता बराईली, उनकी ८ वर्षीया छोरी युशा बराईली, रामेछापको गोकुलगंगा गाउँपालिका–१ की ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका–७ का १४ वर्षीय प्रमोद महर्जन घाइते छन् । उनीहरु चारैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको खाडीचौरमा प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?