धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
९९ पटक हेरिएको
Shares
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन

सारांश

  • उद्धारकर्तामा खटिएका अनुसार हेलिकोप्टर ल्यान्ड हुन नसक्ने ठाउँमा शव रहेका छन् ।
  • ५ जना रूसी नागरिक असोज २० गते राति ११ बजेदेखि सम्पर्कविहीन बनेका थिए ।
  • धौलागिरी प्रथम आरोहण गर्ने क्रममा रसियन आरोही एलेक्जेन्डर डस्सिको, ओलेक क्लोब्भ, सिस्टिकोभ भ्लादिमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको टिम एउटै क्लाइम्बिङ रोप (हिमाल चढ्ने डोरी)मा बाँधिएर एक साथ हिमाल आरोहण सुरु गरेका थिए ।

२९ असोज , म्याग्दी — धौलागिरी प्रथम हिमालको ७ हजार एक सय मिटर उचाइमा मृत भेटिएका ५ जना रसियन पर्यटकको शव १० दिनदेखि उठ्न सकेको छैन । उद्धारकर्तामा खटिएका अनुसार हेलिकोप्टर ल्यान्ड हुन नसक्ने ठाउँमा शव रहेका छन् ।

५ जना रूसी नागरिक असोज २० गते राति ११ बजेदेखि सम्पर्कविहीन बनेका थिए । धौलागिरी प्रथम आरोहण गर्ने क्रममा रसियन आरोही एलेक्जेन्डर डस्सिको, ओलेक क्लोब्भ, सिस्टिकोभ भ्लादिमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको टिम एउटै क्लाइम्बिङ रोप (हिमाल चढ्ने डोरी)मा बाँधिएर एक साथ हिमाल आरोहण सुरु गरेका थिए । सहयोगी र अतिरिक्त अक्सिजनबिना आरोहणमा निक्लेको यो समूहले एउटै डोरीमा बाँधिएर क्रमशः पहिलो, दोस्रो, तेस्रोमाथि चढ्दै डोरी गाड्दै त्यही डोरीमा झुन्डिएर माथि चढ्दै थिए ।

८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरीको चुचुरोमा पुग्नुभन्दा १६७ मिटर तल पुगेपछि उनीहरू थाकेको वा अगाडीको डोरी राम्रोसँग नगाडिएकाले उक्किएर सबै एकसाथ खसेको हुन सक्ने आरोहण गाइडहरूले अनुमान गरेका छन् । ‘असोज २२ गते धौलागिरीमा पहिलो रेकीमै शव एकै स्थानमा देखियो । अनि मृत भेटिएका रसियन पर्यटकको शव उठाउन दुई पटक प्रयास गरें । तलबाट हेर्दासम्म परेको जस्तो देखिए पनि शव रहेको स्थानमा धेरै भिरालो र हाOटमा भएकोले हेलिकोप्टर ल्यान्ड गराउन र उद्धारकर्ता हिँडेर शव ल्याउन सकिने अवस्था रहेन,’ उद्धारमा खटिएका प्रभु हेलिकोप्टरका पाइलट शोभित गौचनले भने ।

पर्यटन विभागका अनुसार धौलागिरी आराोहणका लागप १४ जना रूसी नागरिक सम्मिलित टोलीमध्ये ८ जना र ६ जनाको दुई टोली बनाई आरोहण सुरु गरेको थियो । आरोहण समूहकै पहिलो टिमका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्कीले धौलागिरीको सफल आरोहण गरेका थिए । दोस्रो समूहका ६ जना भने धौलागिरी हिमालको टुप्पोनजिक पुगेपछि दुर्घटनामा परेका थिए । ६ जनामध्ये एक जना थाकेर हिँड्न नसकेपछि समूहको डोरी छुटाएर एक्लै तल फर्केका थिए । उनलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आशिका तामाङमाथि आपराधिक उपद्रवको मुद्दा, शुक्रबारसम्म हिरासतमै रहने
आशिका तामाङमाथि आपराधिक उपद्रवको मुद्दा, शुक्रबारसम्म हिरासतमै रहने
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक जेठ २१ गतेभित्रै सक्ने
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक जेठ २१ गतेभित्रै सक्ने
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...