२६ जेष्ठ २०८२, आईतवार

दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार

 

२० असोज, काठमाडौं । शेयर बजारले दशैं पर्वलाई उत्सासपूर्ण ढंगले स्वागत गरेको छ ।  गत बिहीबार घटस्थापनासँगै दशैं पर्व शुरु भएको हो । घटस्थापना पछि खुलेको पहिलो दिनको शेयर बजार उच्च अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५६.०९ अंकले उचालिएको छ । २.१५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६५३.५८ अंकमा उक्लिएको छ । आज सबै समूहमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा बढी ६.३० प्रतिशतले बढेको हो । ३०८ कम्पनीका १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७ सय ५.७० रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार बढेको दिन ङादी हाइड्रो, मध्ये भोटेकोशी, इस्टर्न हाइड्रो, गुडवील फाइनान्स र सिनर्जी पावरका लगानीकर्ताहरुले क्रमशः १०, ९.७६, ९.६८, ९.२७ र ८.१४ प्रतिशतले नाफा कमाए ।  त्यस्तै वीन नेपाल लघुवित्त र कुमारी सवल योजनाका लगानीकर्ताहरुले क्रमशः १० र ९.४३ प्रतिशतले घाटा व्यहोरे । आज शाहस उर्जाको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६३ करोड ८३ लाख ५८ हजार १ सय ८७ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment