हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो
१५ असोज , काठमाडौं- जिल्ला अदालत काठमाडौंबाट एक लाख धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यस पटक प्रधानमन्त्री केपी शर्मा ओली पनि आफूसँग हारेको बताएका छन् । साइबर अपराधसम्बन्धी मुद्दामा मंगलरबार एक लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा भएका प्रसाईंले माइतीघर मण्डलमा समर्थकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् । उनले आफूसँग एमालेले पहिले नै हारिसकेको अवस्थामा यस पटक प्रधानमन्त्री ओली पनि हारेको बताए ।
देशको अबको प्रधानमन्त्री आफैं बन्ने पनि दाबी प्रसाईंले गरे । ‘देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो ।’आफूले अहिलेसम्म राजनीति नगरेको बताउँदै अब भने त्यसमा होमिएको पनि प्रसाईंले समर्थकलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment