९ श्रावण २०८२, बिहीबार

बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त,उद्धार एवम् राहतमा जुट्न निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी तथा पहिरोका कारण देशका विभिन्न ठाउँमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बेपत्ताहरुको खोजी, उद्धार एवम् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै भनेका छन्, ‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु । साथै, बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ-आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।’

मनसुनी वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरोमा परी १० जना बेपत्ता भएका छन् । बाढीले बगाएर पाँचथरमा ६ बेपत्ता भएका छन्। यस्तै, ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ सहित ४ जना बेपत्ता भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?