२६ जेष्ठ २०८२, आईतवार

म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित

badhi

 

२ असोज , चक्रवात ‘यागी’का कारण आएको बाढीले म्यानमारमा जनजीवन पूर्णरूपमा प्रभावित भएको छ ।Worldlink adsम्यानमारको सरकारले बाढीमा २०० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ ।८० भन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ । ‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो । साथै म्यानमारमा धेरै जमिनमा लगाएको बाली पनि नष्ट भएको छ ।यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने पनि राष्ट्रसंघले चेतावनी दिएको छ। आधिकारिक तथ्याङ्कअनुसार भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा सेप्टेम्बरको शुरूमा आएको आँधीका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?