सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २८, २०८१
|
|
९० पटक हेरिएको
Shares
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

सारांश

  • अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।
  • हेलिकप्टरमा पाइलटमात्र सवार थिए ।
  • उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ ।

२८ साउन, काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी  भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो । होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य छ ।  प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । हेलिकप्टरलाई भाडामा लगाएको एक कम्पनीका अनुसार यो उडान अनधिकृत थियो । प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको थियो र होटलको छतमा ठोक्किएको थियो । त्यसपछि हेलिकप्टरका दुईवटा पंखा भाँचिएर स्विमिङ पुलमा खसेको थियो । स्थानीयका अनुसार हेलिकप्टर ठोक्किएपछि बम पड्किएको जस्तो ठूलो आवाज आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने
राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री ओली कतारको दोहामा
प्रधानमन्त्री ओली कतारको दोहामा
भारतीय अफ स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
भारतीय अफ स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे
नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे
धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ
धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ