गाजाका विद्यालयमा इजरायली आक्रमणः २५ जनाको मृत्यु
२३ साउन,गाजापट्टी, । प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले गाजा शहरको अल–नासर र हसन सलामा विद्यालयहरूमा इजरायली हवाई आक्रमणमा २५ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् ।
सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले दुई विद्यालयमा धेरै मिसाइलहरू प्रहार गरेका थिए । इजरायली हवाई हमलामा परी कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको र १२ जनाभन्दा बढी घाइते भएको मेडिकल स्रोतले बताएको छ ।
गाजाको सिभिल डिफेन्स अथोरिटीले मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ । यसैबिच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली युद्धक विमानहरूले गाजा शहरको हसन सलामा र अल–नासर विद्यालयहरूमा लुकेर बसेका हमास कमाण्ड र कन्ट्रोल कम्प्लेक्स भित्र सञ्चालित लडाकुहरूलाई आक्रमण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment